शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बससेवा र थाइल्याण्डको टुवेल्भ गो ग्रुपबीच अनलाइन बस टिकट सम्झौता, अव विदेशबाटै वसको टिकट काट्न सकिने

मङ्गलबार, ०५ भदौ २०७५, १८ : १७
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो ग्रुपबीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै टुवेल्भ गो ग्रुपको उपस्थिती रहेका विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाट काट्न सकिन्छ ।

सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र टुवेल्भ गो ग्रुपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभबीच हस्ताक्षर भयो ।

सम्झौतासँगै अबदेखि टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ । यो सँगै यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्नेछन् ।  

सम्झौतापछि बससेवा डटकमका सिइओ पि.आर खनालले भने ‘टुवेल्भ गो ग्रुपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ति मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अनलाइनबाट बिना झन्झट टिकट काट्न सक्नेछन् । यसले नेपालको पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । ’

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट  उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप