शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद यादवले भने- ‘सेवा विस्तारका नाममा राज्यले जनतालाई दुःख दिएको छ’

मङ्गलबार, ०५ भदौ २०७५, १७ : ५१
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौ– संघीय समाजवादी फोरम नेपालका महासचिव एवं प्रतिनिधिसभा सदस्य रामसहाय यादवले सेवा कार्यालय र सेवा विस्तारको नाममा कलैयाका सबै कार्यालयहरु सारेर त्यहाँको जनतालाई अप्ठ्यारोमा पार्ने कार्य राज्यले गरेको आरोप लगाएका छन् ।

संघीय ससंदको बैठकमा बोल्दै उनले भने, ‘त्यहाँका जनताका लागि सुविधाको ठाउँ कलैया हो, शुरुदेखि त्यहाँबाट सुविधा दिइरहेको थियो, अब त्यहाँको सेवाग्राहीलाई ७० किलोमिटर हिडेर सिमरा जाने अवस्था छ । सेवा विस्तारमा मधेशी जनतालाई दु:ख दिने काम भइरहेको छ ।’

सिम्रौनगढमा कार्यालयहरु स्थापना गर्ने निर्णयनै भएको थियो तर त्यहाँ कार्यालय स्थापना गर्ने काम भएको छैन जबकि त्यहाँ कार्यालयका लागि चाहिने सबै पूर्वाधार पर्याप्त रहेको उनले बताए ।  मधेशका ६ जिल्लामा कृषि ज्ञानकेन्द्र खोल्ने निर्णय सरकारले गरेको तर बारा जिल्लामा त्यो केन्द्र नदिएको प्रति पनि उनले गुनासो गरे । 

बारा जिल्ला कृषिमा देशमै अब्बल रहेको उल्लेख गर्दै उनले बारामा पनि कृषि ज्ञान केन्द्रको व्यवस्था हुनुपर्ने धारणा राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप