शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वातावरण मैत्री रनर बाइकहरु नयाँ कलरमा

मङ्गलबार, ०५ भदौ २०७५, १७ : ४२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । रमन मोटर्सले रनर ब्राण्डका ८० सीसी देखी १५० सीसीसम्मका मोटरसाइकलहरु भित्राएको छ । विगत एक वर्षदेखी रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी का स्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको रमन मोटर्सले जनाएको छ ।

रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु राम्रो माइलेज दिने, टिकाउ र गुणस्तर हुनुको साथै वाताकरण मैत्री भएको वपन कम्पनीले जनाएको छ । उक्त मोटरसाइकल तथा स्कुटरहरु नेपाल सरकारको प्रदुषण मापदण्ड अनुसार भएको र नेपाल सरकारको नियम बमोजिम दर्ता भई विक्री बितरण हुँदै आएको पनि कम्पनीले बताएको छ ।

उक्त मोटरसाइकल तथा स्कुटरहरुमा ६ वर्षको वारेन्टि हुनुको साथै नेपालका विभिन्न सहरहरुमा फोरएस डिलर रहेको छ । छोटो समयमा नै नेपाली ग्राहकले अत्याधिक रुचाइएको रनर ब्राण्डले नेपालमा नै रोजगारी सिर्जना हुने, देश विकाशमा टेवा पुग्ने र अझै सस्तो हुने गरी आगामी केही वर्ष भित्रै आफ्नै देशमा सव एम्बुलेन्स, फुल एमबुलेन्स गर्दै पूर्ण रुपले उत्पादन गर्ने सोचका साथ अघि बढीसकेको समेत जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप