बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इद पर्वमा विदा नदिएको भन्दै राजपाको आपत्ति

मङ्गलबार, ०५ भदौ २०७५, १७ : ४२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले सरकारले इस्लाम धर्मावलम्बीहरुको इद पर्वको विदा काटेकोमा आपत्ति प्रकट गरेको छ । देश धर्मनिरपेक्षतामा गइसकेको र सबै धर्मले बराबरको अधिकार पाउनुपर्ने हो तर राज्यले मुस्लिममाथि विभेद गरेको आरोप लगाउँदै उनले मुस्लिमको पहिचान र अधिकारका लागि राष्ट्रिय विदा दिनुपर्ने माग गरे । 

उनले इस्लाम धर्मावलम्बीहरुको पर्व इदु–उल–अजहा (बकरिद) को अवसरमा देश तथा विदेशमा बस्ने इस्लाम धर्मावलम्बीहरुमा शुभकामना समेत व्यक्त गरे । राजपा नेपालले सबै किसिमको विभेद, कुरिति र रुढीवादविरुद्ध आफ्नो संघर्ष जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप