बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नलुटिएको १५ लाख नगद ‘लुटियो’ भन्दै प्रहरीलाई खबर गर्दा...

मङ्गलबार, ०५ भदौ २०७५, १८ : ०६
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– सहकारी संस्थाबाट निकालेको १५ लाख नगद ‘लुटियो’ भन्दै प्रहरीलाई झूटो सूचना दिएको आरोपमा अस्कर अली पक्राउ परेका छन् । 

आइतबार मध्यान्ह न्यूरोडको बज्रयोगिनी सहकारीबाट निकालेको १५ लाख नगद क्षेत्रपाटीतर्फ जाँदै गर्दा लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेका थिए ।

पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिले खुकुरी देखाएर पीडितलाई स्वयंभुको जंगलमा लगेर नगद लुटेको सुचना आएसँगै अनुसन्धान शुरु गरेको काठमाडौं प्रहरीले त्यस्तो घटना नै भएको तथ्य फेला पारेको छ । 

‘पीवडत भनिएका अस्कर अलिलाई सम्पर्क गरी अनुसन्धान गर्दै जाँदा उक्त रकम लुटिएको भनि झुटा जानकारी गराई उक्त रकम आफैंले पकनाजोल स्थित राजेश श्रेष्ठको घरमा लुकाएको खुल्न आएको छ’ काठमाडौं प्रहरीले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘श्रेष्ठको घर खानतलासी लिँदा १५ लाख ३१ हजार नेपाली रुपैयाँ र १ सय चिनियाँ युआन फेला परेको छ ।’ 

प्रहरीले नगद सहित अस्करलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीका लागी सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा पठाएको छ । 

अस्करले आफूले सहकारीबाट निकालेको भनेको १५ लाख नगदको स्रोत खुलाउन नसकेको हुनाले सम्पत्ति शुद्धीकरणमा पठाइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप