शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा एक सयजनालाई छात्रवृत्ति प्रदान

मङ्गलबार, ०५ भदौ २०७५, १७ : ११
मङ्गलबार, ०५ भदौ २०७५

चितवन । भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयका एक सयजनालाई छात्रवृत्ति प्रदान गरेको छ । 

महानगरले प्राथमिक तहदेखि स्नातक तहसम्मका एक सयजनालाई छात्रवृत्ति वितरण गरेको हो । 

आज महानगरपालिकाको सभाहलमा २९ वडाका गरिब, दलित, अल्पसंख्यक, जनजाति, अपाङ्गता, दृष्टिविहीन तथा अन्य समुदायका गरी एक सयजना विद्यार्थीहरुलाई महानगर प्रमुख रेणु दाहालले छात्रवृत्ति प्रदान गरेकी थिइन् । प्रत्येक विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । 

गरिब विपन्न विद्यार्थी बालबालिकालाई अध्ययनको लागि थप प्रोत्साहन मिलोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको महानगर प्रमुख दाहालले बताइन् । 


छात्रवृत्ति पाउनेमा ७३ जना महिला र बाँकी पुरुष छन् । जसमा ३६ जना दलित, ३८ जना जनजाति ५ जना अल्पसंख्यक, १ जना अपाङ्गता, १ जना दृष्टिविहीन र अन्य १९ जनाले छात्रवृत्ति पाएका महानगर शैक्षिक प्रशासन शाखाले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप