शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

मङ्गलबार, ०५ भदौ २०७५, १६ : ४७
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा, रियान्डा बिजसर्भका प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाबी संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्नेछ ।

यस सम्झौताको कार्यान्वन पश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गर्नेे जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप