शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलको अवरोधका कारण बैंकका शाखा स्थापना हुन सकेनन्ः गभर्नर नेपाल

मङ्गलबार, ०५ भदौ २०७५, १६ : १३
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्थानीय राजनीतिक दलहरुले अवरोध गरेपछि कतिपय स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन नसकेको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले स्थानीय राजनीतिक दलहरुले रोजगारीलगायतका माग राखेर अवरोध गरेपछि कतिपय स्थानीय तहमा अझै पनि बैंक तथा वित्तिय संस्था स्थापना गर्न नसकिएको स्पष्टिकरण दिएका हुन् ।

मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बैंकको भावी योजना, नीति तथा कार्यक्रमबारे जानकारी दिँदै उनले नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाको कामलाई उच्च प्राथमिकता दिएको पनि बताए ।

गभर्नर नेपालले प्रविधि, सुरक्षालगायतका पूर्वाधारको अभाव भएका स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाका लागि अर्थ मन्त्रालयसँग सहकार्य गरेर काम भइरहेको पनि स्मरण गराए । अझै १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन सकेको छैन ।

गभर्नर नेपालले सुरक्षाको व्यवस्था नभएका ठाउँहरुमा आफूले बैंक तथा वित्तिय संस्थाहरुलाई तत्काल जान बाध्य पार्न नमिल्ने पनि बताए । गभर्नर नेपालले वित्तिय तरलता हुन नदिने पनि बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई सहज ढंगले अघि बढाउन आवश्यक लगानी गर्न बैंकहरु सक्षम रहेको पनि समितिलाई जानकारी गराए । गभर्नर नेपालले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप