मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बैंक तथा वित्तीय क्षेत्रले कुन–कुन क्षेत्रमा लगानी गरे ? सात दिनभित्र योजना पेश गर्न अर्थ समितिको निर्देशन

मङ्गलबार, ०५ भदौ २०७५, १५ : ०३
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई सात दिनभित्र बैंकहरुले के कस्ता क्षेत्रमा कति लगानी गरे सोको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ । अर्थ समितिको मंगलबार बसेको बैठकले कुन–कुन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले कति लगानी प्रवाह गरे त्यसको विस्तृत विवरण एक साताभित्र आइपुग्ने गरी माग्ने निर्णय गरेको हो ।

यस्तै अर्थ समितिले लामो अवधिको पूँजी परिचालनको योजना पनि राष्ट्र बैंकसँग मागेको छ । लामो अवधिको लगानी सुनिश्चितताको लागि लामो अवधिको लगानीयोग्य साधन वा पूँजी परिचालन गर्ने योजना र आधार के छ, लगानीको समस्या नआउने अवस्था ल्याउन राष्ट्र बैंकको कार्यायोजना के हो, बैंक तथा वित्तिय संस्थाले निक्षेपमा दिने ब्याज र ऋणमा दिने ब्याजदरको अन्तर के छ, ब्याजदरको अधिकतम सिमा कति हो सोको जानकारी अर्थ समितिलाई दिनुपर्ने भनिएको छ ।

अर्थसमितिको निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउनको लागि के गरिरहेको छ, बैंक तथा वितिय संस्थाको विगतको पाँच वर्षको अवस्था, नाफा ÷नोक्सान र तरलताको अवस्थाको जानकारी उपलब्ध गराउनु पर्नेछ । 

यस्तै वित्तिय क्षेत्र कार्यक्रम सुधारको अवस्था र त्यसको प्रभाव, मर्जर र एक्विजिसन पश्चात बैंक तथा वित्तिय क्षेत्रमा देखिएको असर, बैंक तथा वित्तिय संस्थाहरु संस्थागत सुसासनमा कस्ता छन्, विपन्न बर्ग कर्जा वास्तविक विपन्नले प्रयोग गर्न सके÷नसकेको अवस्था बारे पनि समितिले जानकारी मागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप