मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

महेश बस्नेत भन्छन्ः ‘सम्पत्ति शुद्धिकरणका लागि ठूला नोट प्रतिबन्ध गरौं’

मङ्गलबार, ०५ भदौ २०७५, १४ : ५३
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– नेकपाका सांसद महेश बस्नेतले सम्पत्ति शुद्धिकरणका लागि ठुला नोट प्रतिबन्ध गर्नुपर्ने सुझाव दिएका छन् । बस्नेतले एक हजार र पाँचसय दरका नोट प्रतिबनध लगाउनुपर्ने बताएका हुन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद बस्नेतले ठुला नोटको प्रतिबन्ध लगाउने वित्तिकै आफै सम्पत्ति शुद्धिकरण निवारण हुने बताए ।

सम्पत्ति शुद्धिकरण ठुलो समस्याको रुपमा देखिएको भन्दै त्यसलाई त्यसको निवारणको लागि पनि ठुला नोटको प्रतिबन्ध गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने तर्क गरे । भारतले निश्चित समयका लागि नोट प्रतिबन्ध गरेजस्तै नेपालले पनि त्यस्तै गर्नुपर्ने धारणा उनले राखे । 

त्यस्तै उनले गर्भनरसँग सुनचाँदीको हालको अवस्थाबारे प्रश्न पनि गरे । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले २८ अर्ब रुपैयाँ बराबरको सुन चाँदी रहेको पनि जानकारी गराए ।

अर्थसमितिमा उपस्थित अधिकांश सांसदले राष्ट्र बैंकसँग बैंक तथा वित्तिय संस्थाको लगानीको अवस्था, तरलताको अवस्था लगायतबारे जानकारी मागे । यता पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ब्याजदर बढ्दा व्यवसायमा समस्या आएको भन्दै ब्याजदर घटाउनतर्फ ध्यान केन्द्रित गर्न राष्ट्र बैंकलाई सुझाव समेत दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप