मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसियाली खेलकूदमा पौडीः शिरीषले हात पारे ४६ औँ स्थान

मङ्गलबार, ०५ भदौ २०७५, १४ : २१
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौँ– एसियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् ।  कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनन् । 

आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप