बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकः तीन विद्येयक छलफलका लागि विषयगत समितिमा

मङ्गलबार, ०५ भदौ २०७५, १४ : ०१
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौँ– राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।  उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन)  विधेयक २०७५ हुन् । 

ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गरेका थिए । ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप