शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भेनेजुयलामा अत्यावश्यक सामाग्री किन्न बोरामा पैसा लानुपर्ने भयो, नयाँ मुद्राले मंहगी रोकिएला ?

मङ्गलबार, ०५ भदौ २०७५, १३ : ५९
मङ्गलबार, ०५ भदौ २०७५

भेनेजुयलामा केही समयदेखि अनियन्त्रित मुद्रास्फितीको अवस्था रहेको छ । 

यसलाई महामहंगी नाम दिइएको छ । यस विकराल महंगी नियन्त्रण गर्नको लागि त्यहाँको सरकारले जुन योजना अगाडि ल्याएको छ, त्यसले झन् अन्यौलता बढाएको छ । सरकारको योजनाले काम गर्नेमा प्रश्न उठेको छ । 

निकोलस मदुरोको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम ‘सोभरेन बोलिभार’ बनाएको छ । यसको साथै उसले यसमा ९५% अवमूल्यन गरिदिएको छ । 

अन्तराष्ट्रिय मुद्रा कोषको अनुमानमा यो वर्ष मात्रै भेनेन्जुयलाको महंगीमा दश १० लाख प्रतिशतले वृद्धि भएको छ ।  

अर्थशास्त्रीहरुले सरकारको नयाँ कदमले भेनेन्जुयलाको स्थिति झन् खराब हुने चेतावनी दिएका छन् । 

के हो सोमबारको सरकारी कदम ?
मदुरो सरकारले चालेको पछिल्लो कदमले देशहको मुद्रा बदलिनेछ । नोटको नाम बदलिएको छ भने आठ नयाँ नोटहरु पनि सार्वजनिक गरिएको छ । नयाँ नोटहरुमा २, ५, १०, २०, ५०, १००, २०० र ५०० का नोटहरु छन् ।

भेनेजुयला सेन्ट्रल बैंकका प्रमुख क्यालिक्स्टो ओर्टेगाले पुरानो नोटहरु तोकिएको समयसम्म प्रचलनमा रहने घोषणा गरेका छन् । उनका अनुसार एक हजारको नोटको प्रचलन मात्र हटाइएको हो ।
परिवर्तनले सामानको मूल्यमा के फरक पार्नेछ ?

भेनेजुयलामा परेको महामहंगीको चपेटाले हरेक २६ दिनमा सामानको भाउ दुई गुणा भइरहेको छ । 

केही अर्थशास्त्रीहरु दूध हालेको एक कपलाई कफीलाई महंगीको मापन गर्न प्रयोग गर्छन् । 

३१ जुलाईमा राजधानी काराकसको क्याफे हाउसमा एक कप कफीको मूल्य २५ लाख बोलिभार थियो ।

पाँच हप्ता पहिलेको तुलनामा यो दर दोब्बर हो ।

 

अब ९५% अवमूल्यन गराएर ल्याइएको ‘सोभरेन बोलिभार’मा भने एक कप कफी २५ ‘सोभरेन बोलिभार’मा आउँछ । 

यसले के सजिलो पार्छ ?
केही समयको लागि यसले नगद कारोबारलाई सजिलो पार्नेछ । हाल मानिहरुलाई एक कप कफीको लागि नोटहरुको एक मोटो बिटा बोकेर बजार जानुपर्छ । 
भेनेजुयलाको पूरानो मुद्रामा सबैभन्दा ठूलो नोट एक लाख बोलिभार थियो । 

भेनेजुयलामा महंगीको कारणले ठूला नोटहरुको माग बढेको छ । तर त्यहाँको बैंकले आफ्ना सबै ग्राहकहरुलाई तिनको खाताबाट पैसा निकाल्नको लागि सीमा तोकेको छ । 

यस्तोमा यहाँका नागरिकहरुले बजार जादाँ सानो नोटको ठूलो सङ्ख्या बोक्नुपथ्र्यो । अन्यथा अनलाईन मुक्तानी गर्नुपथ्र्यो । यही कारण हाल भेनेन्जुयलामा टिप्स पनि अनलाईनबाट भुक्तानी गरिन्छ ।

के नयाँ मुद्राले मंहगी रोकिनेछ ?
सरकारको विश्वासमा नयाँ चालिएका रणनीतिहरुले महंगीलाई मात्र नियन्त्रण गर्ने होइन कि ‘आर्थिक युद्ध’को सामना गर्न पनि सहयोग गर्नेछ ।
भेनेन्जुयली सरकारले ‘साम्राज्यवादी शक्ति’हरुले उ विरुद्ध आर्थिक युद्ध सुरु गरेको बताउदै आएको छ । 

एक सेप्टेम्बरबाट न्युनतम पारिश्रमिकमा ३४ गुणाले बृद्धी हुनेछ । नयाँ बोलिभार नोटलाई सरकारले तेलको लागि जारी गरिएको भर्चुअल मुद्रा पेट्रोको हिसाबबाट हेरिरहेको छ । 


राष्ट्रपति मदुरोले ट्वीट गर्दै सरकारले ‘नवउदार पूँजीवाद’को उदेश्य नकाम बनाईदिने बताएका छन् । उनले ट्वीट गर्दै नयाँ परिवर्तनले देशको आर्थिक व्यवस्थामै सम्पूर्ण रुपमा सकारात्मक असर पार्ने लेखेका छन् । 
तथापी अर्थशास्त्रीहरुले यो तरिकाले महंगीको मुल जरालाई समाधान गर्न नसक्ने बताएका छन् । उनहरुको भनाईमा नयाँ नोटको छपाईले महंगीलाई लामो समयसम्म नियन्त्रणमा राख्न सक्दैन । केहीले यसले अवस्था झनै खराब हुने बताएका छन् ।

अर्थशास्त्रीहरुको भनाईमा न्यूनतम ज्यालामा वृद्धी गरेपछि महंगी झनै बढी हुनेछ । केही विश्लेषकहरुको विश्वासमा नयाँ मुद्राको लाभ महामहंगीको कारणले एक महिनामा निस्प्रभावी हुनेछ ।

मुद्रा परिवर्तनको तत्कालीन असर के हुनेछ ?
सोमबार नयाँ नोट जारी गरियो , तर मदुरोले सोही दिन बैंकहरुको बिदाको घोषणा गरे । बैंक मात्र होइन अरु वित्तिय सस्थानहरुलाई विद्युतीय भुक्तानी बन्द गर्न भनिएको छ । यसलै नयाँ नोटको प्रयोग मंगलबारबाट मात्र सुरु हुने सम्भव हुन्छ ।
भेनेजुयलामा अन्य सामान्य दिनहरुमा पनि बैंक बाहिर लामो लाइन हुन्थ्यो । अब आएर अचानक जारी गरिएको नयाँ नोटले भागदौडको स्थीति पनि उत्पन्न हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप