बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समयः शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न माग

मङ्गलबार, ०५ भदौ २०७५, १३ : ५५
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारीले पूर्व राजदूत केशवराज झाको सोमबार बिहान हत्या भएको प्रसंग उल्लेख गर्र्दै शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा हत्या, बलात्कारजस्ता घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्र्दै नागरिकको सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सांसद तेजुलाल चौधरीले सप्तरी जिल्लामा नदी कटानबाट सयौं बिगाहा जमिन र लाखौंको धानबाली नष्ट हुँदा पनि सरकारले चासो नदिएकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले नदी कटान नियन्त्रण गर्न र सो काममा भ्रष्टाचार हुन नदिन अनुगमनको काममा कडाई गर्न पनि सरकारसँग माग गरे । उनले हत्या, हिंसालगायतका घटना हुन नदिन गृह मन्त्रालयलाई कार्ययोजना संसदमा पेश गर्न पनि सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप