शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट हराएका ९ सय ३५ मध्ये ५ सय ९७ जना फेला परे

मङ्गलबार, ०५ भदौ २०७५, १३ : २१
मङ्गलबार, ०५ भदौ २०७५

भक्तपुर –भक्तपुर जिल्लाबाट गएको ३ आर्थिक वर्षमा विभिन्न उमेर समूहका ९ सय ३५ जना मानिसहरु हराएका छन् ।  जसमा ५ सय ९७ जना भने फेला परेका छन् ।

२०७१/०७२ देखि अघिल्लो आर्थिक वर्षभित्रमा महिला, पुरुष र बालबालिका गरेर ९ सय ३५ जना हराएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

प्रहरीका अनुसार हराएकामध्ये ४ सय २७ जना महिला र २ सय २६ पुरुष छन् ।  यस्तै १ सय २८ बालक तथा १ सय ५४ जना बालिका छन् । 

आर्थिक वर्ष ०७१/०७२ मा भक्तपुरबाट महिला १ सय २९ जना, ०७२/०७३मा १ सय ३९ र २०७३/०७४ मा १ सय ५९ जना हराएका छन् । 

०७१/०७२ आर्थिक वर्षमा पुरुष ६० जना, २०७÷०७३ मा ७८ जना र ०७३/०७४मा ८८ हराएका छन् । 

०७१/०७२ आर्थिक वर्षमा बालक ३८, ०७२/०७३मा ४६ र ०७३/०७४मा ४४ जना हराएका छन् । 

यस्तै आर्थिक वर्ष ०७१/०७२ बालिका ३८ जना, २०७/०७३मा ५६ जना र २०७३/०७४मा ५८ जना हराएका छन् । 

प्रहरीले परिवारले आफन्त हराएको उजुरी दिएपछि सम्बन्धित जिल्लाको प्रहरी युनिट सहित प्रहरीको माथिल्लो निकायमा हुलिया सहितको सूचना सम्प्रेषण गर्दै आइरहेको छ । त्यसपछि प्रहरीको माथिल्लो निकायबाट देशभर रहेका ७७ जिल्ला प्रहरी कार्यालयमा यस्तो सूचना जारी गरिएको हुन्छ । 
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरलका अनुसार तीन वर्षमा हराएका ९ सय ३५ मध्ये विभिन्न उमेर समूहका ५ सय ९७ जना फेला परेका छन् । सोही अवधिमा हराएका ३ सय ३८ जना भने फेला परेका छैनन् । 

तीन वर्षमा हराएका ४ सय २७ जना महिला मध्ये २ सय ४८ फेला परेका छन् । तर सोही समयमा हराएका १ सय ७९ जना महिला अझै फेला पर्न सकेका छैनन् ।

प्रहरीका अनुसार तीन वर्षको अवधिमा हराएका २ सय २६ जना पुरुष मध्ये १ सय ३२ जना फेला परेका छन्  भने ९४ जना पुरुष प्रहरीको रेर्कडमा बेपत्ताको सूचीमा छन् । 

सोही समयमा जिल्लाबाट हराएका १ सय २८ बालक मध्ये १ सय १ जना फेला परेका भएपनि २७ जना अझै भेटिएका छैनन् । 

१ सय ५४ जना बालिका तीन वर्षको समयमा भक्तपुरबाट हराएपनि १ सय १६ जना भने फेला परेका प्रहरीको तंथ्याक रहेको छ । जसमध्ये ३८ जना बालिका फेला पर्न सकेका छैनन् । 

‘कतिपय अवस्थामा आफ्नो घरको सदस्य हराएको उजुरी प्रहरीमा दिने तर आफूसँग सम्पर्कमा आएपछि भने प्रहरीलाई जानकारी नदिएकाले संख्या धेरै देखिएको छ,’ पोखरेल भने । 

पछिल्लो केही महिना यता भने प्रहरीले हराएको उजुरी दिने व्यक्ति वा परिवारसँग निरन्तर सम्पर्कमा रहेर भेटिए नभेटिएको जानकारी लिने गरेको छ । त्यसबाट वास्तविक हराउनेको संख्या थाहा हुने प्रहरीले  विश्वास लिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप