राष्ट्रियसभा बैठकः उठ्यो रेडियो नेपालको जग्गा प्रकरण
काठमाडौँ– राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको नाममा रहेको सो जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गरउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद अनिता देवकोटाले दाङ जिल्लामा सञ्चालित सिमेन्ट उद्योग मापदण्ड विपरीत उत्पादन गर्दै आएको बताइन् । उनले वर्षाका कारण दाङलगायत विभिन्न स्थानमा रहेका पुल जीर्ण हुँदै गएकाले तत्काल निर्माण गर्न पनि आग्रह गरिन्।
सांसद कबिता बोगटीले मुस्लिम धर्मावलम्बीको चाड बकर ईदको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरिन् । सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले यातायात व्यवसायीको एकाधिकार तोडेर काम राम्रो गरे पनि जनताले त्यस्को प्रत्याभूति गर्न नसकेको भन्दै त्यस सम्बन्धी भइरहेका कारवाहीबारे जानकारी गराउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं