बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बरालको पहिलो कृति ‘नाम’ बजारमा

मङ्गलबार, ०५ भदौ २०७५, १० : ३८
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– पत्रकार नबराज बरालको पहिलो कृति ‘नाम’ बजारमा आएको छ । साङ्ग्रिला पुस्तक प्रा.लि.ले प्रकाशित गरेको सो कृतिको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमोचन गरेका हुन् । कृतिको समीक्षा वरिष्ठ साहित्यकार तथा चर्चित गीतकार प्रा.डा. कृष्णहरि बराल र साहित्यकार डा. रजनी ढकालले गरेका थिए । 

कृति विमोचनका क्रममा प्रचण्डले भने, ‘यो कृतिभित्र गाउँको गरीब परिवारमा जन्मेर संघर्ष गर्दै सफल राजनीतिज्ञ हुनेको कथा छ । यो हामी सबैले पढौं र बहस गर्दै जाऊँ !’ प्रचण्डले आफूले पनि राजनीतिमा धेरै रेकर्ड राखेको र अब एक दशकभित्र अझै नयाँ रेकर्ड राख्ने सोच रहेको बताएका थिए । उनले भनेका थिए, ‘अबको दश वर्षभित्र नयाँ रेकर्ड राखेर माथि जाने मन छ ।’

प्रा.डा. कृष्णहरि बरालले नाम पढ्न नेताहरुलाई आग्रह गरे । कृतिको प्रशंसा गर्दै उनले भने, ‘तपाईँहरुले यो किताब पढ्नुभयो भने सल्लाहकार राख्नै पर्दैन ।’ आफूले सोचेभन्दा धेरै राम्रो कृति लेखेको भन्दै उनले लेखकलाई बधाई र धन्यवाद समेत दिएका थिए ।

डा. रजनी ढकालले नामले आफूलाई निकै भावुक बनाएको र पढ्दापढ्दै धेरै पटक किताब बन्द गरेको बताइन् । 

लेखक बरालले कृति आफ्नो भोगाइ र बुझाइको परिणाम भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप