मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलको निःशुल्क शिविर : तीन सय बिरामीको उपचार

मङ्गलबार, ०५ भदौ २०७५, १० : ३३
मङ्गलबार, ०५ भदौ २०७५

विराटनगर– बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । 

    बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३ जनाको भिडियो एक्सरे, ४७ जनाको ल्यावटेष्ट र २३ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए ।

शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । नोबेल अस्पतालका बिषेशज्ञ डाक्टरसहित २२ जनाको टोली बिरामीको उपचारमा खटिएको थियो । 
    शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ४९ जना बिरामीलाई थप उपचारका लागि शिवरबाट नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएका बिरामीलाई अस्पताल ल्याउँन गाडीको ब्यवस्था मिलाउँने गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताए । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप