शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा दुई घर पुरिए

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : ३८
मङ्गलबार, ०५ भदौ २०७५

डोल्पा - अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ । 

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । 

पहिरोले हरिबहादुर बुढामगरको घर भत्किएको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप