बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको लगातार दोस्रो जीत

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : ३२
मङ्गलबार, ०५ भदौ २०७५

एजेन्सी । क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ ।

सोमबार राती भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

मोहमदु साखोले मोहमद शलाहलाई लडाएपछि खेलमा जेम्स मिल्नरले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेल सकिन १५ मिनेट बाँकी छँदा प्यालेसका युवा खेलाडी आरोन वान बिसाका रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । उनी प्रिमियर लिगमा रातो कार्ड खाने सबैभन्दा कान्छो खेलाडी हुन् । उनको उमेर २० वर्ष २६७ दिन रहेको छ ।

खेलको इन्जुरी समयमा साडियो मानेले गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

प्यालेसबिरुद्ध मानेको यो छैटौँ गोल थियो ।

योसँगै सात खेलको प्यालेसको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । पछिल्लो पटक गत मार्च ३१ प्यालेस लिभरपुलसँगै २–१ गोलअन्तरले पराजित भएको थियो ।

यता, लिभरपुलले प्रिमियर लिगका पछिल्ला १० खेलमा मात्र एक खेलमा पराजित भएको छ । जसमा ६ मा जीत र तीनमा बराबरी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप