बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एचआइभी संक्रमितलाई गाउँपालिकाले उपचार खर्च दिने

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : २६
मङ्गलबार, ०५ भदौ २०७५

मोरङ - मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । 

गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए । 

गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए । 

गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न २० लाखको तारजाली उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काममा र आपतकालीन अवस्थामा प्रयोग गर्न एक थान जेसिबीसमेत खरिद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप