शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युइएफए अवार्डका लागि शलाह, रोनाल्डो र मोड्रिच भिड्ने

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : १७
मङ्गलबार, ०५ भदौ २०७५

एजेन्सी । यो वर्षको युइएफए पुरुष वर्ष खेलाडीका लागि क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच र मोहमद शलाहबीच भिडन्त हुने भएको छ ।

८० जना प्रशिक्षक र ५५ पत्रकारहरुले शीर्ष तीन स्थानमा उनीहरुलाई छनौट गरेका हुन् ।

हालै रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले १३ च्याम्पियन्स लिग खेलबाट १५ गोल गर्दै लस ब्लाङकोसलाई उपाधि दिलाएका थिए ।

यसको साथै उनले २७ ला लिगा खेलमा २६ गोल गरेका थिए भने क्लब विश्वकपमा २ खेलमा २ गोल गरेका थिए ।

इजिप्टका अन्तर्राष्ट्रिय खेलाडी च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपनि लिभरपुललाई फाइनलसम्म पुर्याउन उनले १५ खेलमा ११ गोल गरेका थिए । सबै प्रतियोगितामा शलाहले ४४ गोल गरे ।

सन् २०१०–११ बाट शुरु गरिएको अवार्डमा पुग्ने उनले पहिलो प्रिमियर लिगका खेलाडी हुन् भने अफ्रिकाबाट पनि पहिलो खेलाडी हुन् ।

उता, मोड्रिच कहिल्यै हेडलाइन नबने पनि रियलको अविस्मरणीय यात्राको उनी महत्वपूर्ण हिस्सा थिए ।

विजेताको घोषणा अगस्त ३० मा च्याम्पियन्स लिगको ड्र सार्वजनिक गर्दा गरिनेछ ।

शीर्ष १० मा क्रमशः एन्टोनियो ग्रिजमान, लियोनेल मेस्सी, कायलिन एमबाप्पे, केभिन डि ब्रुयना, राफायल भरान, एडिन हजार्ड र सर्जियो रामोश रहेका छन् ।

सन् २०१०–११ मा शुरु गरियो यो अवार्डका विजेतामा आन्द्रेस इनियेस्टा, फ्रांक रिबरी र रोनाल्डो रहेका छन् । रोनाल्डोले लगातार दुई जित्न सफल भएका छन् । उनी लगातार शीर्ष तीनमा पनि पर्ने एक्लो खेलाडी हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप