शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घोराहीमा भ्यूटावर निर्माण

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : ०७
मङ्गलबार, ०५ भदौ २०७५

दाङ —घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ । 

स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उहाँकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले रु ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन् ।

घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो । 

‘मनदिल पुन’ नामाकरण गरिएको उक्त भ्यूटावरमा सिसीटिभी क्यामेरा र दूरवीन राख्न थप रु पाँच लाख खर्च हुने बताइएको छ । भ्यूटावरबाट एक पटकमा १५ जनाले अवलोकन गर्न सक्नेछन् ।

बाउन्न फिट अग्लो सो भ्यूटावर चढ्न सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । सो भ्यूटावरको बुधबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गुम्बा समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप