बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

मङ्गलबार, ०५ भदौ २०७५, ०८ : ३४
मङ्गलबार, ०५ भदौ २०७५

इनरुवा — सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई रु १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई रु १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई रु ३१ लाख सात हजार क्षतिपूर्ति उपलब्ध गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप