बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरानकी श्रीमतीको बुर्कामाथि बबाल किन ?

मङ्गलबार, ०५ भदौ २०७५, ०७ : ५६
मङ्गलबार, ०५ भदौ २०७५

बीबीसी

पाकिस्तानका नव निर्वाचित प्रधानमन्त्री इमरान खानकी श्रीमती बुशराको बुर्काको तस्बिरका कारण पाकिस्तानी मिडियामा विवाद निम्तिएको छ ।

इमरान खानले प्रधानमन्त्रीको शपग लिने क्रममा उनकी श्रीमती बुशरा पनि उपस्थित थिइन् ।

शनिबार राष्ट्रपति भवनमा आयोजित उक्त कार्यक्रममा बुशराले बुर्का लगाएकी  थिइन् । उनले लगाएको बुर्कामा उनको आँखा मात्र देखिएका थिए ।

तस्बिर सार्वजनिक भएपछि पाकिस्तानकी फर्स्ट लेडीको पहिरनबारे थुप्रैले प्रश्न तेर्साएका छन् ।

बुशराको तस्बिरले पाकिस्तानको महिलाको गलत छवी सार्वजनिक गरेको धेरैले टिप्पणी गरेका छन् ।

यद्यपी, कतिले भने बुशराले आफूलाई मनपर्ने पहिरन लगाउन सक्ने भन्दै उनको समर्थन पनि गरेका छन् ।

पाकिस्तानकी ट्वीटर प्रयोगकर्ता सीमा गोस्वामीले ट्वीट गरेकी छिन्, ‘इमरान खानकी तेस्रो नम्बरकी श्रीमती । यस्तो लाग्छ कि हामी प्राचिन कालमा फिर्ता भएका छौं ।’

सोफाली इलाहीले लेखेकी छिन्, ‘फर्स्ट लेडी बुशरा र त्यहाँ उपस्थित सबै महिलाले अहिलेका लागि सबै ‘उदारवादी’ को हत्या गरेका छन् । यो नयाँ पाकिस्तान हो र कपडा छान्ने महिलाको स्वतन्त्रता...’

आयशा एजाज खानले ट्वीट गरेकी छिन्, ‘मलाई त्यो दिनको प्रतिक्षा छ जब इमरान खान बुर्काले ढाकिएकी श्रीमती लिएर कुनै पश्चिमी देशमा जानेछन् । म बाजी राख्छु कि यस्तो हुनेछैन ।’

पियुश सिंहले एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफ्नी श्रीमती बुशरा बीबी खानसँग ।’

यस्तै वसिम अब्बास लेख्छन्, ‘जब तपाईं देशकी फर्स्ट लेडी हुनुहुन्छ भने तपाईंले जे गर्नुहुन्छ, त्यसबारे हरेक मतदातालाई चासो हुन्छ । चाहे त्यो एउटा तस्बिर मात्र किन नहोस् ।’

अशोक कुमारले ट्वीट गरेका छन्, ‘के नयाँ पाकिस्तानको स्वरुप यही हो ? यसले पाकिस्तानी महिलालाई कस्तो सन्देश देला ? सधैं झैं दमित । यदि प्रधानमन्त्रीले प्रगतीशील पाकिस्तानलाई बाटो देखाउन चाहन्छन् भने उनले आफ्नो घरबाटै सुरुवात गर्नुपर्छ ।’

यद्यपी, केही मानिसहरुले बुशराले के लगाउने त्यो उनको मर्जीको कुरा हो भनी बुशराको समर्थन गरेका छन् ।

जेनी लेख्छिन्, ‘इस्लामिक रिपब्लिक अफ पाकिस्तान वा इस्लाम परदा अनुसार तयार हुनु सबै महिलाका लागि महत्वपूर्ण र आवश्यक छ ।’

सैयद फातिमा जैदी भन्छिन्, ‘पाकिस्तानकी सुन्दर फर्स्ट लेडी ।’

यस्तै, बगिरा भन्छिन्, ‘इमरान खान पाकिस्तानका प्रधानमन्त्री हुन् । उनी आफ्नो कार्य, नीति र घोषणाका लागि जिम्मेवार छन् । तर बुशरा चुनिएकी प्रतिनिधी होइनन् । उनी अन्य महिला सरह हुन् । उनले आफूलाई जे मनलाग्छ त्यो लगाउन सक्छिन्, चाहे त्यो बुर्का होस् वा नङ पालिस ।’

कासिम खलिलले ट्वीट गरेका छन्, ‘हाम्रो फर्स्ट लेडीले हिजाब लगाएकोमा मलाई गर्व छ र प्रधानमन्त्री इमरान खानलाई यसमा कुनै समस्या छैन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप