बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा ट्रकको ठक्करबाट दुई मजदुरको मृत्यु

मङ्गलबार, ०५ भदौ २०७५, ०७ : ३९
मङ्गलबार, ०५ भदौ २०७५

चितवन - गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई मजदुरको घटना स्थलमै मृत्यु भएको हो । 

दैनिकी काम सकेर रातको समयमा निवास तर्फ जादै गर्दा आखा अस्पताल अगाडी उनीहरुलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा अन्दाजी ४० बर्षका सोनाम तामाङको मात्रै सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पानी तात्ने जेनेरेटर ठेलामा राखेर धकेल्दै आएका उनीहरुलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप