बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुन राशि भएकाले आज कस्तो रङ र अंक प्रयोग गर्ने ?

मङ्गलबार, ०५ भदौ २०७५, ०५ : ५१
मङ्गलबार, ०५ भदौ २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-५-५) कस्तो रङ र अंक प्रयोग गर्ने । 

 

मेष राशि भएका व्याक्तिहरुका लागि आजको समय राम्रो रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा तपाईको उपश्थिति तथा सहभागिता मनन योग्य रहने हुदा त्यस्ता क्षेत्रमा समय दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो नतिजा ल्याउन सकिनेछ भने पढाई लेखाईमा मन जानेछ । रातो रङ प्रयोग गर्नुहोला । ॐ ईशानपुत्राय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र २ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

बृष राशि भएका व्याक्तिहरुका लागि अष्टम भावमा गोचर गर्ने चन्द्रमाले ऋण तथा रोगको बृद्धि गराउनेछ ध्यान दिनुहोला । समुन्द्रपारीको यात्राको लागि आजको दिन राम्रो रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ नवदुर्गाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

मिथुन राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले एकल तथा साझेदारि व्यापारमा लगानि गर्नुहोला आजको लगानि भविष्यमा लामो समय सम्म आम्दानि भईरहनेछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ समयको भरपुर सदुपयोग गर्नुहोला । आज खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि  शुभ अंक ३ र ६ रहेकोछ भने ॐ घोररुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

कर्कट राशि भएका व्याक्तिहरुका लागि प्रतिष्पर्धा भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी बुध धन भावमा गोचर गरिरहेको हुनाले प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफनो पोल्टोमा पार्न सकिने समय रहेकोछ । वकालत पेशा व्यावसायमा सम्लग्न व्याक्तिहरुका लागि आजको समय उत्तम रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ वलप्रदाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ ।

 

सिंह राशि भएका व्याक्तिहरुका लागि बिद्या भावमा गोचर गर्ने चन्द्रमाले बौद्धिकताको प्रयोग गर्नुहोला । अध्ययन तथा अध्यापनमा समय व्यातित गर्ने बिद्यार्थि तथा शिक्षा दिने गुरुहररुका लागि आजको समय उत्तम रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । आजको लागि कफि रङको प्रयोग गर्नुहोला । ॐ विरुपाक्षाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

 

कन्या राशि भएका व्याक्तिहरुले राजनिति तथा समाजसेवामा जनताको आलेचना सहितको समर्थन पाईने हुनाले बिचार गरेर मात्र काम गर्नुहोला । सवारि साधन तथा घर जग्गाको कारोबार गर्दै हुनुहुन्छ भने केहि दित थाति राख्नुहोला । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । ॐ शशिशेखराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

 

तुला राशि भएका व्याक्तिहरुका लागि पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले खेलकुद तथा यस्तै खेलसँग सम्बन्धित काम गर्नुहोला समयले साथ दिनेछ । बैक तथा वित्तिय सस्थामा सम्लग्न व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । आजको लागि ॐ वृद्धमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । प्याजी निलो रङको प्रयोग गर्नुहोला । ३ र ७ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

 

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि धनस्थानमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी शुक्र आए स्थानमा गोचर गरिरहेको हुनाले पत्रकार,काउन्सेलिङ तथा मोटिभेटरका लागि समयले साथ दिनेछ । भौतिक तथा विलाशि वस्तुको व्यापारमा समय खर्चनु होला । आजको लागि ॐ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ४ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

धनु राशि भएका व्याक्तिहरुले राजनिति तथा समाजसेवामा जनताको समर्थन पाई पद पाउँने योग रहेकोछ । बुद्धि तथा बिवेकको प्रयोग गर्नुहोला समयले साथ दिनेछ । आफ्नै बलबुताले काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।  पहेलो रङको प्रयोग गर्नुहोला । ॐ नम शिवाय मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ४ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मकर राशि भएका व्याक्तिहरुका लागि विदेश भावमा गोचर गर्ने चन्द्रमाले लामो समय देखि रोकिएर बसेका विदेश सँग सम्बन्धित कामहरु कामहरु आज सम्पादन हुनेछ । कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । स्वास्थ्यको ख्याल गर्नुहोला । खरानि रङ प्रयोग गर्नुहोला । ॐ प्रजापतय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  १ र २ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कुम्भ राशि भएका व्याक्तिहरुका आए स्थानमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी आय भावमा गोचर गरिरहेको शनिले तरल पदार्थ तथा खनिज पदार्थको काम गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि गर्नुहुनेछ । लामो दुरिको फलदायि यात्रा हुनेछ । हरियो रङ प्रयोग गर्नुहोला । ॐ जटाधराय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

मिन राशि भएका व्याक्तिहरुका लागि राज्यभावमा भावमा गोचर गर्ने भन्द्रमाले राज्यसँग सम्वन्धित कामहरु आज गर्नुहोला अवस्य पनि सकारात्मक नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा राजनितिमा पद पाउने योग रहेकोछ । ॐ वीरभद्राय  नम  मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  सुन्तला रंगको प्रयोग गर्नुहोला ४ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप