नेकपा सचिवालय बैठक सकियोः के–के भयो निर्णय ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देशन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो ।
यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो ।
नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ ।
प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन आएका अन्य प्रदेशमा समितिको सङ्ख्या टुङ्गिए पनि नेतृत्वका लागि सहमति भई नसकेका हकमा विवाद मिलाएर वा मिल्न बाँकी भनी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताए ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान