बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

सोमबार, ०४ भदौ २०७५, २० : ५३
सोमबार, ०४ भदौ २०७५

बेइजिङ । चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । 

चीन भ्रमणमा रहेका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेटेको समाचारमा जनाइएको छ । 

भेटका क्रममा उनीहरूले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल गरेका थिए । 

चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए । 

महाथिरले विशेष कृषि उत्पादन मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएको सो अवसरमा जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप