बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले टोक्दा बालक कृष्ण कुमालको मुत्यु

सोमबार, ०४ भदौ २०७५, २० : ४६
सोमबार, ०४ भदौ २०७५

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेका सात वर्षीय कृष्ण कुमालको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ । 

राति सुकेको अवस्थामा नै सर्पले टोकेको र परिवारलाई सर्पले टोकेको भन्ने थाहा नभएकाले अस्पताल पु¥याउन ढिलो हुँदा बालकको ज्यान गएको हो । 

खाना खाएर बुबाआमासँगै सुतेका कृष्णलाई राति सर्पले डसेको कृष्णका ठूलो बुबा केदार कुमालले जानकारी दिए । 

कुमाललाई सर्पले दाहिने हातको कान्छी औँलामा टोकेको डाम रहेको रामपुर अस्पतालका डा सर्जु श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप