शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

सोमबार, ०४ भदौ २०७५, २० : १८
सोमबार, ०४ भदौ २०७५

सुर्खेत । काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नम्बरको बसमा आज एक व्यक्ति मृत फेला परेका छन् । 

मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । 

बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिए । 

उनका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप