शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाहिर आउन नसकेका अपराधका ३०० घटना दर्ता

सोमबार, ०४ भदौ २०७५, १९ : ३२
सोमबार, ०४ भदौ २०७५

धादिङ । महिलामाथि हुने हिंसाका घटना बढिरहेको तथ्यांक आज सार्वजनिक गरिएको छ । 

सहयात्री समाज नामक गैरसरकारी संस्थाले जिल्लामा महिलामाथि भएका घटनाको विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदन ‘जिजिविषा’ प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले सार्वजनिक गरे । 

हरेक वर्ष जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने महिलामाथिका हिंसाका घटना बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । घटना भइरहे पनि सार्वजनिक नभएर बाहिर आउन सकेका थिएनन् । 

हालका वर्षमा नागरिक सचेत भएपछि घटनाको संख्या बढेको देखिएकाले नागरिकको सचेतनाको स्तर बढेको कार्यक्रममा सहभागीले बताए । 

जिल्ला प्रहरी कार्यालयमा आव २०७०/०७१ मा १७८, ०७१/०७२ मा २५४, ०७२/०७३ मा ३०६, ०७३/०७४ मा २७८ र ०७४/०७५ मा ३२७ वटा महिलामाथि हुने अपराधका घटना दर्ता भएको छ । 

जिल्लामा यौनजन्य हिंसामा नौ, स्रोतसाधनबाट वञ्चित ४८, शारीरिक हिंसा २३ र भावनात्मक दुव्र्यवहार २० प्रतिशत भएको भएको प्रतिवेदनमा उल्लेख छ । 

महिलामाथि हुने हिंसा श्रीमान्बाट ७५ र परिवारका सदस्यबाट ६ तथा महिलाले अन्यबाट हिंसा भोगेको १९ प्रतिशत छ । हिंसा पीडित महिलामध्ये ८० प्रतिशत काम गर्ने उमेर समूह १७ देखि ४० वर्ष उमेरका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप