शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चङ्गाचेट’को पहिलो गीत: आयुष्मानले प्रियंकालाई भने ‘गोजीमा दाम छैन’

सोमबार, ०४ भदौ २०७५, १८ : ५७
सोमबार, ०४ भदौ २०७५

काठमाडौं –दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङ्गाचेट’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीको दरमार्गस्थित राइजिङ महलमा एक कार्यक्रम सहित निर्माण युनिटले ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज गरेको हो । 

कार्यक्रममा चलचित्रको रिलिज मिति १६ कात्र्तिक जुरेको जानकारी दिइयो । १५ भदौलाई यसअघि प्रदर्शन मिति तय गरिएता पनि चलचित्र तयार हुन नसकेपछि १६ कात्तिक प्रदर्शन मिति तय गरिएको कार्यक्रममा निर्देशक खनालले बताए ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा शिवाकोटीको स्वर, राजनराजको संगीत तथा हरिहर तिमिल्सिनाको शब्द रहेको छ ।  प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र परमिता आरएल राणा देखिएका छन् । 

प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ । डार्क कमेडी कथामा चलचित्र बनेको निर्देशक खनालले कार्यक्रममा बताए । ‘वेरोजगारहरुको कथा चलचित्रले रमाइलो शैलीमा उठाएको छ’ खनालले भने ‘यसले गतिलो सन्देश दिन्छ ।’

कार्यक्रममा कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त लगायतका कलाकारले चलचित्रमा आफ्नो भुमिका र अभिनय अनुभव सुनाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप