शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने

सोमबार, ०४ भदौ २०७५, १८ : ५७
सोमबार, ०४ भदौ २०७५

गण्डकी विकास बैंकका कार्ड होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारकिा परिवारको उपचार खर्चमा काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।

एक कार्यक्रमकाबीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बैंकका कार्ड होल्डर ग्राहकहरुले म्यालिड कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् । 

वदलिदो परिस्थिती अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप