शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्स कार मेला सिजन– ६ सम्पन्न

सोमबार, ०४ भदौ २०७५, १८ : ५३
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा लि ले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन ६, आइतबार बेलुका सम्पन्न भएको छ्र ।

३ हजार भन्दा बढी दर्शकले अबलोकन गरेको सो कार मेलामा अबलोकनाकर्ताहरु टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरन्जनात्मक कार्यक्रम मा सहभागी भएका थिए । आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए ।

जस मध्ये ९८  जनाले बुकिंग गरेका पनि गरेका छन् । ४५० भन्दा बढी दर्शकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्यांकन गराएका थिए । कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सेंज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु रहेका थिए ।

पूर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठ ले होलिडे प्याकेज पएका छन् । गाडी बुक गरेर भुवन के सी र टिका दत्त पाण्डेले २ वर्षको लागि फ्री सर्विसिङ्गको कुपन पाए, सुनिल कुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्री इन्धन पाएका छन् ।

साथै संजीभ कुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसाल ले फ्री कम्प्रिहेंसिव इन्सुरेन्स हात पार्न सफल भए । राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठ ले क्रमस हिरा को औठी, थाइल्याण्ड टुर र युरोप टुर जित्न सफल भएका छन् । त्यसैगरी भ्यालुएसन गर्नेे ग्राहक मध्ये रोशना आचार्य र सैलेश लामिछाने ले फ्री वासिंग कुपन र फुल ट्यांक इन्धन प्राप्त गरे ।

त्यसैगरी कृष्ण ख्युजु, सुनिल कुमार श्रेष्ठ र शिखर इन्स्योरेन्स ले प्रत्येक दिन बुकिंग गर्ने ग्राहकमध्ये एकलाई दिने भनिएको मोबाइल लक्की ड्र मार्फत जितेका छन् । बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको यस कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । कम्पनि ले आशा गरे बमोजिम मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रह्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप