शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विरगञ्जमा सुजुकीको सर्भिस सेन्टर

सोमबार, ०४ भदौ २०७५, १८ : ४१
सोमबार, ०४ भदौ २०७५

विरगञ्ज । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बीरगञ्ज बजारलाई मध्यनजर गर्दै एक सुविधायुक्त सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

सुजुकीको विक्री पछिको सेल्स सर्भिस तथा पार्ट्स वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको सीजीले जनाएको छ । सर्वाधिक क्षेत्रफल भएका सर्भिस सेन्टरमध्येको एक यस सर्भिस सेन्टरको क्षेत्रफल ५६०० वर्ग फिट तथा दैनिक न्यूनतम १५ वटा कार ह्याण्डल गर्ने क्षमता रहेको छ ।

यस सर्भिस सेन्टरमा सुजुकीको मापदण्ड अनुसार सुजुकी एडभान्स डाएग्नोस्टिक सिस्टम (एसडीटी) सहित सम्पूर्ण उच्चस्तरीय उपकरणहरु उपलब्ध छन् । यस सर्भिस सेन्टरको आफ्नै २ बे बडि शप एवं इन्जिन रिपेयर शपको साथै स्पेयर पाटर््सका लागि बृहत् स्टोरेज स्पेस राखिएको छ । 

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले कुनै पनि साधनको विक्री पछिको सेवाले ग्राहकवर्गको सन्तुष्टिमा ठूलो भूमिका खेल्ने भएकाले विरगञ्जमा सुविधायुक्त सर्भिस सेन्टर खोली ग्राहकवर्गलाई गुणस्तरीय तथा तीव्र सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप