शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट प्रकरणमा धरौटीमा छुटेका माधव वाग्लेको यस्तो गुनासो

सोमबार, ०४ भदौ २०७५, १८ : ०५
सोमबार, ०४ भदौ २०७५

काठमाडौं –फिल्म निर्माता माधव वाग्लेले आफूलाई मिडियाबाट चित्त दुखेको गुनासो गरेका छन् । नक्कली नोट प्रकरणमा जेल परेपछि पहिलो पटक सोमबार सार्वजनिक कार्यक्रममा देखिएका वाग्लले यस्तो गुनासो पोखेका हुन् ।
केही दिन अघिमात्र धरौटीमा रिहा भएका उनले चलचित्रको कहानी जस्तै आफ्नो जीवन भएको बताए । राजधानीको दरबारमार्ग स्थित राइजिङ मलमा आयोजित चलचित्र ‘चङ्गाचेट’को गीत रिलिज कार्यक्रममा उनले भने ‘म कस्तो मान्छे हुँ भन्ने मेरा साथीभाइ र मिडिया सबैलाई थाहा छ । तर, कतिपय मिडियाले मलाई अपराधीको रुपमा चित्रित गरे । मलाई साह्रै चित्त दुखेको छ ।’ निर्माता वाग्ले चलचित्र ‘चङ्गाचेट’का पनि निर्माता हुन् ।
करिब २ महिना जेलमा बिताएका वाग्लेको मुद्दा अहिले पनि चलिरहेको छ । छिट्टै आफूले सो मुद्दाबाट पनि न्याए पाउने उनले आशा व्यक्त गरे । ‘नक्कली नोटका कारण कसरी मानिसको जिन्दगी चङ्गाचेट हुन्छ भन्ने बिषयमा चलचित्र बनाएँ’ उनले भने, ‘अहिले मेरो जीवन पनि यहीसँग मिल्न आयो ।’
आफूले विकास बोर्डबाट चलचित्रका लागि नक्कली नोट बनाउन अनुमति लिएको सुनाउँदै वाग्लेले थपे ‘बोर्डबाट अनमुति लिएपछि अन्त सोधिरहनु आवश्यक ठानिनँ । त्यो मेरो ठूलो भूल भयो ।’
वाग्लेले थपे, ‘चलचित्रमा नक्कली नोट प्रयोग गर्दा मेरो मात्र जीवन ‘चङ्गाचेट’ जस्तो भयो ।’ निर्माता वाग्ले करिब साढे २ करोड नक्कली नोट सहित आफ्नै अफिसबाट  करिब तिन महिना अगाडि समातिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप