शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको कमाण्ड सम्हालेका एसएसपी लामाको यस्तो छ कार्ययोजना

सोमबार, ०४ भदौ २०७५, १७ : २४
सोमबार, ०४ भदौ २०७५

काठमाडौं–महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले काठमाडौंमा हुने व्यवसायिक गण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी लिएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गरी उनले गुण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने कार्ययोजना अघि गरे ।

 उनले व्यवसायिक क्षेत्रमा हुने गरेको गुण्डागर्दी नियन्त्रणका लागि व्यवसायीहरुसँग बृहत अन्तरक्रिया गर्ने पनि स्पष्ट पारे । प्रमुख लामाले लागू औषध नियन्त्रणको कामलाई पनि आफूले उच्च प्राथमिकता दिने बताए ।

प्रमुख लामाले आफू ‘पावर’ को पछि नलाग्ने दावी गर्दै  प्रहरी संगठनको दायित्व पूरा गर्न लागि पर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप