शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको तीनकुनेबाट पेस्तोल सहित ७ जना हतियार कारोबारी पक्राउ

सोमबार, ०४ भदौ २०७५, १७ : १०
सोमबार, ०४ भदौ २०७५

काठमाडौं– राजधानीको तीनकुनेस्थित एक रेष्टुरेण्टबाट एक थान पेस्तोल सहित सात जना हतियार कारोबारी पक्राउ परेका छन् ।

‘एक पेस्तोल सहित सात जनालाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पक्राउ परेकाहरु बारे थप अनुसन्धान भइरहेको छ ।’

तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भुपेन राई, राज भण्डारी, समित राई, सुरेश श्रेष्ठ, मिङ्मा शेर्पा, रोमित श्रेष्ठ र सुजन थापा मगर रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप