शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाका सबै पदाधिकारी पदमुक्त (विज्ञप्तिसहित)

सोमबार, ०४ भदौ २०७५, १७ : ०४
सोमबार, ०४ भदौ २०७५

काठमाडौं– कमल थापा नेतृत्वका राप्रपाका सबै पदाधिकारी पदमुक्त भएका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको  केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुर्नगठन गर्न  सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन सहित पारित भएसँगै बैठकले सो निर्णय गरेको हो । 

जसअनुसार पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुने राप्रपाले जनाएको छ । 

यसैगरी प्रत्येक जिल्लाबाट कम्तिमा एक÷एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन गरिनेछ  । यस्तै  विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० अध्यक्षबाट मनोनित हुने पनि श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप