शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीबारे ‘तल्लो स्तरको’ टिप्पणी गर्ने मणिशंकरको कारबाही फुकुवा

सोमबार, ०४ भदौ २०७५, १५ : ४३
सोमबार, ०४ भदौ २०७५

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी पार्टी कंग्रेस आइका अध्यक्ष राहुल गान्धीले पूर्व केन्द्रीय मन्त्री मणिशंकर अयरमाथि गरिएको निलम्बनको निर्णय तत्काल कार्यान्वयन हुने गरि रद्द गरेका छन् ।

उनले अघिल्लो वर्ष गुजरात विधानसभाको चुनावको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘तल्लो स्तरको मानिस’ भनेका थिए । यही कारण पार्टीले अयरलाई निलम्बित गरेको थियो । 

कांग्रेसका संगठन महासचिव अशोक गहलोतको तर्फबाट जारी गरिएको बक्तव्य अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको सिफारिसमा राहुल गान्धीले अयरलाई पार्टीको साधारण सदस्यताबाट गरिएको निलम्बन तत्काल कार्यन्वयन हुनबाट रद्द गर्ने स्वीकृति प्रदान गरेका छन् ।

अयरले अघिल्लो वर्षको डिसेम्बरमा गुजरातमा भएको चुनावको केही दिन अघि मात्र प्रधानमन्त्रीको बारेमा उक्त विवादित टिप्पणी गरेका थिए । यसलाई मोदी र भाजपाले चुनावी सभाहरुमा ठूलो मुद्दा बनाएका थिए ।  

उक्त विवादीत टिप्पणीपछि राहुल गान्धी र पार्टीले अयरको टिप्पणीलाई खारेज गर्दै उनलाई पार्टीको साधारण सदस्यताबाट निलम्बित गरिदिएका थिए ।

स्मरणीय कुरा मणिशंकर अयरले गरेको उक्त टिप्पणीले अक्सर कांग्रेसको लागि संकट बनेर आउने गरेकोछ । 

यो भन्दा पहिले २०१४ जनवरीमा दिल्लीमा भएको कांग्रेस अधिवेशनको दौराननै उनले सबैको अघि नरेन्द्र मोदीलाई ‘चियावाला’ भनेर सम्बोधन गरेका थिए । यसलाई पनि भाजपाले चुनावी मुद्दा बनाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप