बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाई न भन्नु ल’ को पहिलो रोजाइमा थिइन् केकी

सोमबार, ०४ भदौ २०७५, १५ : १५
सोमबार, ०४ भदौ २०७५

काठमाडौं– आफ्नै निर्माण रहेको ‘कोहलपुर एक्सप्रेस’बाट व्यवसायिक लाभ उठाउन नसकेकी अभिनेत्री केकी अधिकारीको अभिनय ‘नाईं नभन्नू ल ५’ मा पनि देख्न सकिन्छ । निर्माण युनिटले प्रदर्शन मिति नजिँकिदै गर्दा चलचित्रमा अभिनेत्री उनको पनि अभिनय रहेको सार्वजनिक गरेको हो । 

केकीको अभिनय सिरिजको पाँचौ श्रृखलामा रहेको सार्वजनिक गर्दै निर्देशक आचार्यले पहिलो सिरिजको प्रस्ताव पनि दिएको खुलाएका छन् । ‘पहिलो शृंखलामै हिरोइनका लागि आग्रह गरेको थिए । त्यो सम्भव भएन । फेरि तेश्रो शृंखलामा पनि अफर गरेका थिए । केकी सोही समयमा अर्को चलचित्रमा व्यस्त थिइन् । निर्देशक विकासले भने– ‘जब ५ को अफर दिए उनले स्वीकारिन् ।’

विकासको कुरो जस्तै केकी पनि भनाई रहेको छ । ‘विकास अंकलले पहिलो चलचित्र देखिनै मलाई सम्झने गर्नुभएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो’ केकीले भनिन्  ‘मैले एक सेकेन्ड मै हुन्छ भने । मलाई आफ्नै चलचित्र तयार गर्ने प्रेसर त थियो । त्यसका बाबजुद पनि यो पालाचैं नछाडने निर्णय गरे ।’ 

‘हाम्रो लागि नाईं नभन्नू ल एउटा परिवार हो । परिवारको अंग बन्न पाउँदा निश्चयनै एक्साइटेड थिएँ’ केकीले थपिन्– ‘एकचोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिल्यै मेरो इन्कारलाई त्यसरी लिनुभएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले सुनाइन् ।

८ भदौबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । चलचित्र देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप