शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवानद्वारा कुन्दुज प्रान्तमा तीन यात्रुवाहक बस अपहृत

सोमबार, ०४ भदौ २०७५, १४ : ४४
सोमबार, ०४ भदौ २०७५

कुन्दुज– अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीनओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् । 

स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ । 

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गर्नुभएको एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गर्नुभएको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो । 

सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । –एपी
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप