शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

सोमबार, ०४ भदौ २०७५, १४ : १६
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीचतालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ ।

जस अनुसार एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप