बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकका ग्राहकलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट

सोमबार, ०४ भदौ २०७५, १४ : ०४
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । एनएमबि बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

एनएमबि बैंकले आफ्ना सम्पुर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक सुविधा सम्पन्न अस्पताल नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा मेडिकल कलेजसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्बन्धन गरेको हो ।

यस सम्झौता पत्रमा एनएबि बैकका तर्फबाट सीइओ सुनिल के.सी र नर्भिक अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहबीच हस्ताक्षर भएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप