शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

८ सहरमा ‘रोज’को टुर

सोमबार, ०४ भदौ २०७५, १३ : २४
सोमबार, ०४ भदौ २०७५

काठमाडौं – प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र ‘रोज’ युनिटले आफ्नो प्रचार प्रसारलाई तीब्र बनाउने भएको छ । सोही क्रममा चलचित्रले देशको ८ सहरमा टुर गर्दैछ ।

सांगीतिक कन्सर्टसहित आयोजना हुने टुरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री मिरुना मगर लगायत चलचित्र युनिट, सांगीतिक टोली र पत्रकार समेतको सहभागिता रहने आयोजकले जनाएको छ ।
 
मोफसलको ठूलो चलचित्र बजार पोखरादेखि सुरु हुने रोजको दौड १४ भदौमा मिडटाउन ग्यालरी पोखरा, १५ भदौमा औद्योगिक नगरी बुटवल, १६ भदौ नारायणगढ, १७ भदौमा इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा हुनेछ । 

नेपाल आइडल फेम प्रताप दास समेत सहभागी हुने टुरमा अभिनेता प्रदीप र दासको क्रेजले मास देखिने अपेक्षा आयोजकले जनाएको छ ।
 
टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित चलचित्र २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ । 

गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले रोज मिलेर बनाएका हुन् । 
निर्माण थालनी समयमा ‘रोजी’ नाम राखिएको चलचित्र नै हिले रोजी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप