शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिल गेट्स, स्टिभ जब्सले कहिले दिएनन् आफ्नो बच्चालाई मोबाइल, के तपाईंले दिइरहनुभएको छ ?

सोमबार, ०४ भदौ २०७५, १३ : २३
सोमबार, ०४ भदौ २०७५

यदि तपाईं आफ्नो बच्चालाई मोबाइल वा ट्याबलेट दिइरहनुभएको छ वा उनीहरुको अगाडि लगातार मोबाइल प्रयोग गरिरहनुभएको छ भने तपाईंले यससँग जोडिएका खतरा पनि थाहा हुनुपर्छ । के तपाईंलाईं सबैभन्दा धनी व्यक्तिमा सूचीकृत बिल गेट्सले आफ्नो बच्चालाई १४ वर्षको उमेरसम्म मोबाइल दिएका थिएनन् भन्ने थाहा छ ?

यसैगरि स्टिभ जब्सले सन् २०११ मा न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले कहिले पनि आफ्ना सन्तानलाई आइप्याड प्रयोग गर्न नदिएको बताएका थिए । मोबाइल जीवनको अभिन्न अंग होइन भन्नका लागि यी दुई उदाहरण यहाँ  दिइएको छ । मोबाइलको प्रयोगबारे पनि विभिन्न अनुसन्धान भएको छ जसको परिणाम चकित गरिदिने किसिमको छ । जो बच्चा स्मार्टफोन कुनै पनि रुपमा प्रयोग गर्छन् (भिडियो हेर्ने, गीत सुन्ने), उनीहरु अरु बच्चाहरुको तुलनामा कम बोल्न सुरु गर्छन् । ६ महिनादेखि दुई वर्षका नौ सय बच्चामाथि गरिएको सर्वेक्षणमा यसबारे खुलासा भएको हो । यस्तै संसारकी चर्चित एडिक्शन थेरापिस्ट मेन्डी सालगिरीले बच्चालाई स्मार्टफोन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनु सरह भएको बताइन् ।

समाधान तपाईं नै:

मोबाइलले बच्चालाई आफ्नै दायरामा कैद गर्ने गर्छ । यदि तपाईं आफ्नो सन्तान खुसी भएको हेर्न चाहनुहुन्छ भने उनीहरुलाई आफ्नो समय दिनुहोस् । मोबाइल चलाउने बानी नियन्त्रण गर्नुहोस् र बच्चालाई यसको पहुँचबाट टाढै राख्नुहोस् ।

अनुसन्धानः

यदि तपाईं आफ्नो बच्चालाई मोबाइल दिइरहनुभएको छ भने तपाईंले यससम्बन्धि खतरा पनि जान्न जरुरी छ ।

– बच्चालाई मोबाइल दिनु एक ग्राम कोकिन दिनु बराबर । मेन्डी सालगिरी, एडिक्सन थेरापिस्ट

– जो बच्चा मोबाइल खेल्छन्, उनीहरु ढिलो बोल्न सुरु गर्छन् । – टाइम म्यागजिनमा प्रकाशित रिपोर्ट

– लामो समयसम्म मोबाइलको प्रयोग ब्रेन ट्युमरको खतरा । – एम्सको अनुसन्धान

– मोबाइल बच्चामा सुख्खा आँखाको सबैभन्दा ठूलो कारण । – द. कोरियाली वैज्ञानिक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप