शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीसँगै बसेका भारतीयले विमानभित्र सुतिरहेकी युवतीमाथि यौन दुर्व्यवहार गरेपछि...

सोमबार, ०४ भदौ २०७५, १२ : ५८
सोमबार, ०४ भदौ २०७५

स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र सुतिरहेकी युवतीमाथि गत जनवरीमा यौन दुर्व्यवहार गर्ने पुरुषलाई जन्मकैदको सजायँ तोकिएको छ । उक्त विमान लस भेगसबाट डेट्रोइट जाँदै थियो ।

सात महिना अघि अमेरिकाको मिचिगनस्थित रोचेस्टर हिलमा बस्ने ३२ वर्षे भारतीय नागरिक रामामुर्तीलाई सँगै बसेकी युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

२२ वर्षे पीडितले विमानको झ्यालमा टाउको अड्याएर सुतिरहेका बेला प्रभुले उनको पाइन्टभित्र हात हालेको सर्टको टाँक खोलेको बताइन् ।

पीडित एफबीआई एजेन्टलाई प्रभुले उनको यौनाङ्गमा औंला राखेको र त्यसलाई बेस्सरी हल्लाइरहेको थाहा पाएपछि निन्द्राबाट ब्यूँझिएको जानकारी दिइन् । आफू उठेपछि प्रभुले आफ्नो क्रियाकलाप रोकेको उनले बताइन् । आफू उठ्दा पाइन्ट र सर्ट खोलिएको पाएपछि रुँदै र चिच्याउँदै विमानका कर्मचारीलाई यसबारे जानकारी दिएको पनि उनले बताइन् ।

आफ्नो श्रीमती नजिकै बसेका प्रभुलाई विमान अवतरण भएलगत्तै पक्राउ गरिएको थियो ।  

पक्राउ परेपछि प्रभुले एफबीआई एजेन्टसामू युवतीमाथि यौनदुर्व्यवहार गरेको स्विकार गरेका थिए । उनले महिलाको यौनाङ्गभित्र औंला पसाउन खोजेपनि सफल नभएको समेत बताए ।

त्यसअघि प्रभुले आफू मस्त निन्द्रामा भएको र युवती आफ्नो घुँडामाथि निदाएका कारण आफ्नो हात कता पुग्यो भन्ने बारे केही थाहा नभएको भन्दै यौन दुर्व्यवहारको आरोप खारेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप