शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डबाट एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई बिदाई

सोमबार, ०४ भदौ २०७५, १२ : ५७
सोमबार, ०४ भदौ २०७५

काठमाडौ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीहरुको टोलीलाई विदाई गरेका छन् । सोमबार  बिहान अध्यक्ष प्रचण्डले टोलीसँग विदाइ भेट गर्दै टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न खेलाडीहरुलाई शुभकामना समेत दिए । 

आफूलाई पनि टेबुल टेनिस खेल असाध्यै मनपर्ने बताउदै प्रचण्डले भने, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।’ सो अवसरमा अध्यक्षले टेबुल टेनिस खेल सबै उमेर समुहका लागि उपयुक्त खेल भएको पनि बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीहरुमा थप उर्जा र हौसला बढेको प्रतिकृया दिए । अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको शाहीले बताए । 

सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडीहरु नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् । दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप