बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीलाई सभामुख महराले गरे बिदाई

सोमबार, ०४ भदौ २०७५, १२ : ४२
सोमबार, ०४ भदौ २०७५

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा  आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरेका छन् । 

सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा  बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरेका हुन् । त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अग्रिम शुभकामना दिए । 

यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । 
उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए । 

टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । 

नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् । 

त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन् । श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा भदौं १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । 
प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टीममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एशिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप